खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
सारांश
- खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ, ८८ प्रतिशत काम सकियो।
- भवन निर्माणको काम माघ महिनाभित्र सक्ने लक्ष्य छ, प्राविधिक काम बाँकी छन्।
- नयाँ भवन बनेपछि नागरिकले सहज सेवा पाउनेछन्, पुरानो भवन विश्वविद्यालयलाई दिइनेछ।
बाँके । बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । हालसम्म भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । समयमै काम सक्न निर्माण व्यवसायीलाई निरन्तर ताकेता र अनुगमन भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार, प्रशासनिक भवनको अधिकांश संरचनात्मक निर्माणको काम सकिएर अब विवरणात्मक काम मात्र बाँकी छन् । विद्युत्, वाइरिङ, पानी निकासजस्ता प्राविधिक संरचना जडानको काम भइरहेको छ ।
रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम के जुगल जेभीले यो भवन निर्माण गरिरहेको छ । गाउँपालिका अध्यक्ष डम्बर विकले नयाँ भवन सञ्चालनमा आएपछि नागरिकले सबै सेवा सहज रूपमा प्राप्त गर्ने बताए ।
“यो भवन प्रशासनिक आवश्यकता मात्र नभई नागरिकसँगको प्रत्यक्ष सम्बन्धको आधार पनि हो”, अध्यक्ष विकले भने, “हाल साबिकको बागेश्वरी गाविसको पुरानो भवनबाट सेवा दिँदै आएको गाउँपालिका नयाँ भवन सरेपछि पुरानो संरचना लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ ।”
समयमै काम सम्पन्न गर्नको लागि नियमित अनुगमन र निर्माण व्यवसायीसँग समन्वय गरिरहेको गाउँपालिकाका अध्यक्ष विकको भनाइ छ । प्रशासनिक भवन नहुँदा खजुरा गाउँपालिकाले अलग–अलग स्थानमा विषयगत शाखा सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाको केन्द्र बी गाउँमा करिब चार बिगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माण सँगसँगै बीगाउँ क्षेत्रमा व्यापारिक तथा व्यावसायिक चहलपहल बढ्दै गएको खजुरा–३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण