गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऔँ : संयुक्त राष्ट्रसंघ
काठमाडाैँ । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढीभन्दा बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउनुपर्ने बताएका छन् । मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो ।
मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र जाडो मौसमका कारण पिडित भएका मानिसलाई सहयोग गर्ने उद्देश्यले साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ।
कार्यालयका अनुसार हाल गाजामा ४४० भन्दा बढी शिक्षण स्थल सञ्चालनमा छन्, जहाँ करिब दुई लाख ७० हजार विद्यार्थीले ६ हजार ३०० भन्दा बढी शिक्षकको सहयोगमा पढाइ गर्दैछन् । यसै महिनामा गाजाका १० अस्थायी शिक्षण स्थलहरू पनि मर्मत गरिएको छ।
जाडो मौसमका कारण आश्रय गुमाएका परिवारहरूलाई सहयोग गर्न कार्यालयले २०० भन्दा बढी टेन्ट, हजारौं कम्बल, गर्म कपडा, खाना पकाउने भाँडाकुँडा र सौर्य बत्ती वितरण गरेको छ।
यद्यपि, गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तुरुन्तै आश्रय सहयोग र दीर्घकालीन समाधान आवश्यक छ। यसमा क्षतिग्रस्त घरहरूको मर्मत र आपतकालीन आश्रय सामग्री उपलब्ध गराउने कुरा समावेश छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण