सुनसरी–१ मा नेकपाले धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने
शनिबार, ०३ माघ २०८२, १४ : ५६
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ बाट धरान १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- हर्क साम्पाङ पनि सोही क्षेत्रबाट चुनाव लड्दैछन्, र वडाध्यक्ष भट्टराईले साम्पाङका निर्णयको विरोध गर्दै आएका थिए।
- पार्टी नेता चोत्लुङले भट्टराईलाई टिकट दिन केन्द्रसँग अनुरोध गर्दै विजयको शुभकामना दिए।
सुनसरी । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट चुनाव लड्दैछन् । धरानको मेयरमा स्वतन्त्र जितेका साम्पाङका कतिपय निर्णयका विरुद्धमा वडाध्यक्ष भट्टराई वकालत गर्दै आएका थिए ।
धरानका नेकपा नेता चोत्लुङले गहन परामर्श पश्चात् सुनसरी–१ निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट धरान–१७ का वडा अध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निष्कर्षमा पुगिएको बताए ।
‘अब उहाँलाई टिकट दिन पार्टी केन्द्रसँग अनुरोध गर्दछु। उहाँलाई विजयको अग्रिम शुभकामना,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण