म्यानचेस्टर डर्बीमा सिटीमाथि युनाइटेडको प्रभावशाली जित
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा युनाइटेडले आफ्नो घरेलु मैदानमा चिर प्रतिद्वन्द्वी सिटीलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
यो जितसँगै युनाइटेडले अंक तालिकामा सुधार गरेको छ ।
युनाइटेडको जितमा ब्रायन बेउमोले ६५औँ मिनेटमा पहिलो गोल गरे भने प्याट्रिक डोर्गुले ७६ औँ मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर पारेका थिए । खेल ओल्ड ट्राफोर्डमा भएको थियो ।
खेलभरि अधिकांश समय बल पोजिसन आफ्नो नियन्त्रणमा राखे पनि सिटीले हार टार्न सकेन । उसका स्टार खेलाडीहरू हाल्यान्ड, डोकु, सिल्भा र फोडेनले आजको खेलमा खासै प्रभाव पार्न सकेनन् र फिक्का सावित भए ।
यस जितसँगै युनाइटेडले लगातार तीन बराबरीपछि तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ । अर्कोतर्फ सिटीले लगातार तीन बराबरीपछि आजको खेलसहित यस सिजनमा हार संख्या पाँच पुर्याएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि युनाइटेडले दोस्रो हाफको सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो । सिटीको बल होल्डिङ र पोस्टमा बल झुलाउने शैलीविरुद्ध युनाइटेडले काउन्टर अट्याकमार्फत रणनीति बनाएको थियो, जुन सफल भयो ।
हारका बाबजुद सिटी तालिकाको दोस्रो स्थानमा कायमै छ । तर, उसले शीर्ष स्थानको आर्सनलसँगको अंकदूरी भने घटाउन सकेन । २२ खेलबाट सिटीको ४३ अंक रहेको छ भने आर्सनलले २१ खेलबाट ४९ अंक बटुलेर शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाइराखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण