बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल मड्रिड
काठमाडौँ । लगातार दुई हारको सिलसिला तोड्दै रियल मड्रिडले घरेलु प्रतियोगितामा लेभान्टेलाई २–० गोलअन्तरले पराजित गरेको छ ।
शनिबार राति सान्टियागो बर्नाबाउमा सम्पन्न खेलमा रियलले सहज जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंकदूरी घटाएको हो ।
खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि रियलले गोलका लागि ५८औं मिनेटसम्म कुर्नुपर्यो । स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसको केही समयपछि नै ६५औं मिनेटमा राहुल एसेन्सोले गोल गर्दै रियलको जित सुनिश्चित गरे । रियलले खेलमा गोल गर्ने कैयन् अवसरहरू खेर फालेको थियो ।
यो जितसँगै रियल म्याड्रिडले २० खेलबाट ४८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने एक खेल कम खेल्दै ४९ अंक रहेको छ । बार्सिलोनाले आइतबार राति रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ, जसले लिग तालिकामा थप प्रभाव पार्नेछ ।
यसअघि रियलले गत साता सुपरकोपाको फाइनलमा बार्सिलोनासँग ३–२ को पराजय भोगेको थियो । त्यसैगरी कोपा डेल रेमा पनि दोस्रो डिभिजनको अल्बाकेटेसँग समान ३–२ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण