काठमाडौँ उपत्यकाबाट को–को हुने भए एमाले उम्मेदवार ?
सारांश
- नेकपा एमालेले काठमाडौँका ६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
- पार्टीले भक्तपुर र ललितपुरका केही क्षेत्रमा पनि उम्मेदवारको नाम तय गरेको छ।
- अझै ४ वटा महत्त्वपूर्ण क्षेत्रमा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ।
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालयको बैठकपछि उपमहासचिव लेखराज भट्टले पार्टीले काठमाडौँका ६ वटा क्षेत्रमा नाम निश्चित गरे पनि ४ वटा महत्त्वपूर्ण क्षेत्रमा भने अझै उम्मेदवार घोषणा गर्न बाँकी रहेको बताए । बाँकी रहेका क्षेत्रहरूमा अध्यक्ष केपी शर्मा ओलीले थप परामर्श गरी निर्णय लिने बताइएको छ।
काठमाडौँमा एमालेका निश्चित भएका उम्मेदवारहरू:
क्षेत्र नं. १: मोहन रेग्मी
क्षेत्र नं. २: मणिराम फुयाल
क्षेत्र नं. ३: रामेश्वर फुयाल
क्षेत्र नं. ६: अनम कुमार मास्के
क्षेत्र नं. ८: राजेश शाक्य
क्षेत्र नं. १०: विनोद श्रेष्ठ
एमालेले काठमाडौँका क्षेत्र नं. ४, ५, ७ र ९ मा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरेको छैन।
काठमाडौँसँगै एमालेले भक्तपुर र ललितपुरका उम्मेदवारहरूको पनि टुंगो लगाएको छ। भक्तपुर क्षेत्र नं. १ मा सोमप्रसाद मिश्र र क्षेत्र नं। २ मा सचिव महेश बस्नेत उम्मेदवार बन्ने भएका छन् ।
ललितपुर क्षेत्र नं। १ मा चेत नारायण सञ्जेल र २ मा प्रेम महर्जनलाई टिकट दिइएको छ भने क्षेत्र नं. ३ मा उम्मेदवार तय हुन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण