टिकट वितरणमा ओलीको कठोरता: इतर समूहलाई पाखा लगाउने प्रयास
सारांश
- एमाले अध्यक्ष ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेका नेताहरूलाई टिकट वितरणमा विभेद गरेको आरोप छ।
- सचिवालय बैठकले केही निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको अधिकार अध्यक्ष ओलीलाई सुम्पेको छ।
- योगेश भट्टराईसहितका नेताहरूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्।
काठमाडौँ ।महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् । यसै क्रममा, ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको निर्वाचन क्षेत्रका विषयमा निर्णय ओलीले आफैँ गर्ने भएका छन् ।
महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई कुनै पनि निर्वाचन क्षेत्रबाट टिकट पाएनन् । यद्यपि उनको नाम कुनै पनि क्षेत्रबाट सिफारिस गरिएको थिएन । विगतमा उनी चितवन १ बाट चुनाव लड्दै आएका थिए ।
यता विपक्षी खेमाबाट उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्टले गुल्मी–२ बाट टिकट प्राप्त भएको छ । तर इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकाल पनि टिकट पाएनन् । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर हार व्यहोरेका थिए ।
नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि, उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए ।
ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ । उपमहासचिव समेत रहेका लेखराज भट्टले केही क्षेत्रमा अध्यक्ष ओलीले टुंगो लगाउने बताए । उनले १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटेको भए पनि रणनीतिक कारणले केही क्षेत्रमा उम्मेदवार घोषणा गर्न बाँकी राखिएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण