अमेरिकी राजदूत थम्पसन भन्छन्, ‘नेपालको न्यानोपनप्रति कृतज्ञ छु’
सारांश
- अमेरिकी राजदूत डिन आर. थम्पसनले नेपाल बसाइको अनुभव र नेपाली नागरिकप्रति आभार व्यक्त गरे।
- उनले नेपालमा बिताएको समयमा नागरिकको माया, सद्भाव र देशको प्रगति देखेर खुसी व्यक्त गरे।
- राजदूत थम्पसनले दुई देशबीचको सम्बन्ध र भविष्यमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे।
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो कार्यकाल पूरा गरेर फर्किन लाग्दा नेपाल र नेपालीप्रति आभार व्यक्त गरेका छन् । नेपाल बसाइका क्रममा यहाँका नागरिकबाट पाएको माया र सद्भावप्रति उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् ।
आफ्नो कार्यकालको अन्त्यमा एक सन्देश जारी गर्दै थम्पसनले नेपालमा बिताएको समय टुङ्ग्याउन लाग्दा आफू निकै कृतज्ञ महसुस गरिरहेको बताए । उनले देशैभरि आफूले देखेको न्यानोपन, यहाँका नागरिकको सहनशीलता र उनीहरूमा रहेको भविष्यप्रतिको आशाले आफूलाई प्रभावित पारेको उल्लेख गरे ।
राजदूत थम्पसनले अमेरिका र नेपालबिचको ७९ वर्ष लामो सम्बन्ध र यस अवधिमा हासिल भएको प्रगतिमा आफूलाई गर्व लागेको बताए । उनले भविष्यमा व्यापार, लगानी र नवीन खोजका माध्यमबाट दुई देशबिचको साझेदारी र सम्बन्ध अझ झाँगिँदै जाने विश्वास समेत व्यक्त गरे । अन्त्यमा उनले ‘धन्यवाद नेपाल’ भन्दै नेपाली जनताप्रति सम्मान दर्साएका छन् ।
As I wrap up my time in Nepal, I leave with deep gratitude for the warmth, resilience, and hope I saw across the country. I’m proud of the progress the United States and Nepal have made over 79 years, and hopeful for a future where our partnership grows through trade, investment,… pic.twitter.com/nPAk9Hii5z
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) January 18, 2026
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण