‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा तेज र विमलाको केमेस्ट्री
सारांश
- फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म 'शिवांश'को 'बैँस भुसुक्कै' बोलको गीत सार्वजनिक गरिएको छ।
- राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको गीतमा राजनराज र सरोज रञ्जितकारको शब्द रहेको छ।
- विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय रहेको छ।
काठमाडौँ । भगवान् शिवको विषयमा निर्माण भएको फिल्म हो ‘शिवांश’ । आगामी फागुन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ‘बैँस भुसुक्कै’ बोलको गीत सार्वजनिक गरिएको छ ।
राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको गीतमा राजनराज र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको सङ्गीत छ ।
लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ गीतमा छ । गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षणलगायत रहेको छ ।
विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुख्य कलाकार तेज गरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय छ । अञ्जना सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् भने निर्मातामा अञ्जना केसी रहेका छन् ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय फिल्ममा छ । शम्भु थापा कार्यकारी निर्माता रहेको फिल्मको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण