इरानमा जारी विरोध प्रदर्शनमा हजारौँको मृत्यु भएको खामेनीले गरे स्वीकार
सारांश
- इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सरकार विरोधी प्रदर्शनमा हजारौंको मृत्यु भएको स्वीकारेका छन्।
- खामेनीले प्रदर्शनकारीहरूलाई प्रोत्साहित गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिए।
- प्रदर्शनकारीहरूमाथि सरकारी सेनाले गोली चलाएको र यसमा ३ हजार भन्दा बढी मानिस मारिएको बताइएको छ।
तेहरान । गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्वीकार गरेका छन् । देशमा दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको अशान्तिको क्रममा हजारौँ इरानीहरू मारिएको शनिबार उनले स्वीकार गरेका हुन् ।
यी सबै मृत्युका लागि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । अमेरिकी सैन्य सहयोग दिने वाचा गरेर उनले प्रदर्शनकारीहरूलाई खुलम खुला खुला प्रोत्साहित गरेको उनले बताए ।
आफ्नो वेबसाइटमा राष्ट्रको नाममा दिएको भाषणमा खामेनीले ट्रम्पलाई अपराधी भनेका छन् । डिसेम्बरको अन्त्यमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा हताहत र क्षति दुवैको लागि उनै जिम्मेवार रहेको भनिएको छ । अमेरिकी डलरको तुलनामा इरानी मुद्राको भाउ कीर्तिमानी न्यून स्तरमा आएपछि उत्पन्न जीवनयापन संकटको विरोधमा इरानी जनता डिसेम्बर २८ मा सडकमा उत्रिएका थिए ।
विरोध प्रदर्शनलाई दबाउन इरानको सुरक्षा बलको अपाइरहेको क्रूर रणनीतिबारे भने भाषणमा खामेनीले नाम लिएका छैनन् । साक्षीहरू र मानव अधिकार समूहहरूले सडक र छतबाट प्रदर्शनकारीहरूमाथि सरकारी सेनाले गोली चलाएको भनिरहेका छन् । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार अशान्तिमा ३ हजार भन्दा बढी मानिसहरू मारिएका छन् । आफूले यो तथ्याङ्क स्वतन्त्र रूपमा प्रमाणित नगरेको सीएनएनले समाचारमा भनेको छ ।
शनिबार आफ्नो टेलिभिजन सम्बोधनमा खामेनीले प्रदर्शनमा संलग्न दङ्गाकारीहरू अमेरिका र इजरायलद्वारा समर्थित/वित्त पोषित र प्रशिक्षित व्यक्तिहरू र तिनीहरूबाट प्रभावित युवाहरू गरी दुई वर्गमा वर्गीकृत गरेका थिए । युवाहरूले विद्युत् उद्योग सुविधाहरू, मस्जिदहरू, शैक्षिक संस्थानहरू, बैंकहरू, चिकित्सा सुविधाहरू र किराना पसलहरूमा क्षति पुर्याएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण