मनोनयन स्थगनबारे कांग्रेसको प्रस्तावमा प्रमुख आयुक्त भण्डारीको टिप्पणी : अहिले नै बोल्नु हतारो हुन्छ
सारांश
- निर्वाचन आयोगका कार्यवाहक प्रमुखले कांग्रेसको आग्रहबारे अहिले नै बोल्न हतार हुने बताए।
- कांग्रेसले प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न आयोगलाई आग्रह गरेको छ।
- देउवा पक्षले गगन-विश्व समूहलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न माग गरेको छ।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसले उम्मेदवारी मनोनयनसहित निर्वाचन कार्यतालिका स्थागन गर्न गरेको आग्रहबारे अहिले नै बोल्न हतार हुने प्रतिक्रिया दिएका छन् ।
आइतबार नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन कार्यक्रम स्थगित गर्नुपर्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएपछि प्रमुख भण्डारीले यस्तो जवाफ दिएका हुन् ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबारै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्दै गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने दाबी गरेका थिए ।
‘कांग्रेसले स्थगनको आग्रह गरेको छ’, भण्डारीले भने, ‘एक साता त कुनै हालतमा सर्दैन ।’ उनले कांग्रेसको माग कसरी सुनुवाइ हुन्छ भन्ने रातोपाटीको प्रश्नमा भने, ‘अहिले यो विषयमा बोल्न हतारो हुन्छ ।’
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि माघ ६ गतेलाई तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण