‘दृश्यम् ३’ छाडेका अक्षय खन्नाले टलीवुडमा गर्दैछन् डेब्यु
सारांश
- अक्षय खन्ना अभिनित फिल्म 'धुरन्धर' को सफलतापछि उनी 'महाकाली' बाट तेलुगु फिल्ममा डेब्यु गर्दैछन्।
- पौराणिक कथामा आधारित फिल्म 'महाकाली' मा अक्षयले असुरगुरु शुक्राचार्यको भूमिका निभाउँदैछन्।
- फिल्म २०२६ मा प्रदर्शन हुने र यसमा भूमि शेट्टी मुख्य भूमिकामा रहने बताइएको छ।
नयाँ दिल्ली । आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘धुरन्धर’ को सफलतासँगै फिल्ममा रहमान डकैतको दमदार भूमिकामा देखिएका बलिउड अभिनेता अक्षय खन्ना यतिबेला निकै चर्चामा छन् ।
फिल्ममा उनको अभिनय मात्रै होइन, एउटा गीतमा उनको इन्ट्री र नाचले समेत सामाजिक सञ्जालमा निकै चर्चा पायो । यही सफलतासँगै फ्यानहरू ‘धुरन्धर पार्ट २’ को प्रतीक्षामा छन् । यसैबिच अक्षय खन्ना टलीवुडमा डेब्यु गर्ने तयारीमा रहेको खबर आएको हो ।
उनी आफ्नो पहिलो तेलुगु फिल्म ‘महाकाली’ को छायाङ्कनमा व्यस्त रहेको बताइएको छ । पौराणिक कथामा आधारित यस फिल्ममा अक्षयले असुरगुरु शुक्राचार्यको भूमिका निभाउँदै छन् । फिल्मको निर्देशन पूजा कोल्लुरुले गरिरहेकी छिन् ।
यो प्रशान्त बर्माको सिनेमाटिक युनिभर्स अन्तर्गत निर्माण हुँदैछ । फिल्ममा भूमि शेट्टी मुख्य भूमिकामा देखिनेछिन् । अक्षयको शुक्राचार्य अवतारको पहिलो लुक सार्वजनिक भइसकेको छ ।
लामो सेतो दाह्री र गम्भीर भावमा देखिएका अक्षयको यो रूपलाई दर्शकले निकै मन पराइरहेका छन् । ‘महाकाली’ २०२६ मा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।
‘धुरन्धर’को सफलतापछि अक्षयलाई थुप्रै ठुला प्रोजेक्टको प्रस्ताव आइरहेको छ । ‘दृश्यम ३’ छोडेपछि अभिनेता अब नयाँ र चुनौतीपूर्ण भूमिकामार्फत दर्शकसमक्ष प्रस्तुत हुने तयारी गरेका छन् ।
यस्तोमा टलीवुड तर्फको उनको नयाँ यात्रा दर्शकका लागि चासोको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण