सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

उदयपुरमा फेरीबाट बस तार्ने क्रममा दुधकोशी नदीमा खस्यो

आइतबार, ०४ माघ २०८२, १७ : ३०
आइतबार, ०४ माघ २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानिटारस्थित दुधकोशी नदीमा फेरीबाट बस तार्ने क्रममा बस नदीमा खस्दा सवारी साधनमा भौतिक क्षति भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ११ः५० बजे इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको बसलाई दुधकोशी नदीमा फेरीमार्फत तार्ने क्रममा अचानक नदीमा खसेको हो ।

घटनाका बेला बसमा चालक र यात्रु कोही पनि नरहेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा स्काभेटर प्रयोग गरी नदीमा खसेको बसलाई किनारामा निकालिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप