ट्रम्पको नियुक्तिहरूमा इजरायल र प्यालेस्टिनीहरूले जनाए आपत्ति
वासिङटन डीसी । ट्रम्प प्रशासनले गाजा शान्ति प्रक्रियाका लागि समितिहरू घोषणा गर्न थालेको छ ।
यद्यपि यसको इजरायल र प्यालेस्टिनी दुवैले आलोचना गरेका छन् । प्यालेस्टिनीहरूले प्यालेस्टिनी प्रतिनिधिहरूको अनुपस्थितिको मुद्दा उठाएका छन् । यो केही अन्तर्राष्ट्रिय सदस्यहरू सहितको अमेरिकी बोर्डजस्तो देखिएको प्यालेस्टिनी नेता मुस्तफा बर्घौतीले बीबीसीलाई भनेका छन् ।
समितिहरू मध्ये एक, गाजा कार्यकारी बोर्डमा नियुक्तिबारे परामर्श नगरिएकोमा आफू दुखी भएको इजरायलले बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा शान्ति प्रक्रिया प्यानलमा राष्ट्रपति ट्रम्पको नियुक्तिबारे छलफल गर्न आफ्नो मन्त्रिपरिषद्सँग भेट गर्दै छन् ।
ट्रम्प प्रशासनको नयाँ ‘शान्ति बोर्ड’मा ट्रम्पका ज्वाइँ, जारेड कुशनर, ट्रम्पका दूत, स्टीव विटकफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पूर्वबेलायती प्रधानमन्त्री टोनी ब्लेयर आदि नियुक्त भएका छन् । यसमा सहभागी हुन आफूहरूलाई पनि आमन्त्रित गरिएको टर्की, इजिप्ट र अर्जेन्टिनाका राष्ट्रपतिहरूको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण