काठमाडौँ महानगर प्रहरी प्रमुखमा जोशी
सोमबार, ०५ माघ २०८२, ११ : २०
सारांश
- विष्णुप्रसाद जोशीले काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको प्रमुखको पदभार ग्रहण गरेका छन्।
- यसअघिका प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले वरिष्ठताको आधारमा जिम्मेवारी पाएका हुन्।
- जोशीले यसअघि महानगरको विपद् व्यवस्थापन प्रमुख र निमित्तको रूपमा काम गरिसकेका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् । यस अघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।
काठमाडौँ महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए ।

राजनीतिमा लाग्ने भन्दै महानगरको मेयर बालेन्द्र शाह (बालेन) सँगै पाण्डेले पनि हिजोको मितिबाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन् ।
उनले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण