दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे र पुक्कु
सारांश
- माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म 'गोबर गणेश' ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
- फिल्मका निर्देशक र कलाकार दर्शक प्रतिक्रिया लिन हलहलमा पुगिरहेका छन्।
- दर्शकले फिल्मको कथालाई आफ्नो जस्तै पाएको र निर्माण टिम उत्साहित भएको बताए।
काठमाडौँ । माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘गोबर गणेश’ । फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको वर्ड अफ माउथ राम्रो भएपछि निर्माण टिम दर्शक प्रतिक्रिया लिन हल हलमा पुगिरहेका छन् ।
फिल्मका निर्देशक कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुर्बे’, अभिनेत्री पूजन घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकार हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । उनीहरुले उपत्यकाको अष्टनाराय हल, ललितपुरको लबिङ महल र बिग सिनेमा लगायतमा पुगेर फिल्मको बारेमा प्रतिक्रिया दिएका हुन् ।
शो क्रममा दर्शकले फिल्मको कथा आफ्नो जस्तै लागेको बताएका निर्देशक श्रेष्ठले जानकारी दिए । ‘हाम्रो आफ्नै घरको कथा फिल्ममा पाएको भनेर दर्शक खुसी मानेका छन्’, श्रेष्ठले भने ‘रिलिज अगाडि निकै डर थियो । अहिले दर्शकको प्रतिक्रियाले थप काम गर्न हौसला मिलेको छ ।’
अभिनेत्री पुजन घिमिरेले दर्शकबाट नसोचेको साथ पाउँदा उत्साहित भएको बताइन् । ‘मलाई त ठुलो पर्दाको बारेमा धेरै ज्ञान थिए’, उनले भनिन् ‘ठुलो पर्दामा छाउँदा बेग्लै किसिमको सन्तुष्टि मिल्दो रहेछ ।’
बल्छी ध्रुवे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी ध्रुर्बे र जसजनको अलवा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण