आशिका तामाङलाई टिकट दिएपछि रास्वपा कार्यालयमा लफडा
सोमबार, ०५ माघ २०८२, १४ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
- टिकट वितरणमा असन्तुष्टि जनाउँदै अन्य आकांक्षीहरूले विरोध गरे, र केहीले राजीनामाको धम्की दिए।
- पार्टी कार्यालयमा लफडा उत्पन्न भयो किनभने अन्य नेताहरू पनि टिकटको आशामा थिए।
काठमाडौँ । आशिका तामाङलाई टिकट दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा लफडा भएको छ । सोमबार रास्वपाले धादिङ क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा आशिकालाई अघि बढाउने निर्णय गरेको थियो ।
उक्त क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी, रामकुमार थपलिया लगायत आकाङ्क्षी थिए । उनीहरूबिच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासि तामाङलाई टिकट दिने निर्णयसँगै असन्तुष्टि चुलिएको थियो ।
केही कार्यकर्ताले तामाङलाई नबोक्ने भन्दै ठाडो चुनौती दिँदै सङ्गठनबाट राजीनामा दिने धम्की दिएका छन् ।
भिडियो : समु घिमिरे (सामाजिक सञ्जाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण