धादिङ–१ मा नेकपाबाट राजेन्द्र पाण्डे उम्मेदवार
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार बनेका छन् ।
फागुन २१ मा हुने निर्वाचनको लागि पाण्डेलाई टिकट दिइएको हो । २०७९ सालको निर्वाचनमा पाण्डे सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०७४ सालको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । पूर्वमन्त्री समेत रहेका पाण्डे २०७८ सालमा नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वामपन्थी घटकसँग मिलेर नेकपा बनेको थियो ।
धादिङ–१ मा एमालेले जिल्ला अध्यक्ष भूमि त्रिपाठीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले अहिलेसम्म उम्मेदवार टुङ्ग्याएको छैन ।
रास्वपाले अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ । यसपटक पाण्डे र त्रिपाठीबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण