मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झपट बोहराको टिकट खोसेर दीपक साउद अछाम–१ मा एमालेका उम्मेदवार

सोमबार, ०५ माघ २०८२, १७ : १६
सोमबार, ०५ माघ २०८२

धनगढी । नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ मा अन्तिम समयमा आएर उम्मेदवार हेरफेर गरेको छ । पार्टीको केन्द्रीय सचिवालयले यसअघि अछाम इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरे पनि अहिले उक्त निर्णय बदलिएको हो । 

एमालेले बोहराको ठाउँमा दीपक साउदलाई आधिकारिक उम्मेदवार बनाएको छ । साउदको राजनीतिक पृष्ठभूमि हेर्दा उनी माओवादी आन्दोलनबाट आएका हुन् । उनी माओवादी छाडेर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्यसमेत बनेका थिए ।

साउदले आफूलाई एमालेले टिकट दिएको पुष्टि गर्दै यसमा पूर्वघोषित उम्मेदवार बोहराको पनि पूर्ण समर्थन रहेको दाबी गरेका छन् । 

यस क्षेत्रको चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक हुने देखिएको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट भीम रावल पनि चुनावी मैदानमा उत्रँदै छन् । २०७० सालको चुनावमा रावलले एमालेबाट जित्दा यिनै दीपक साउद माओवादीका तर्फबाट मुख्य प्रतिस्पर्धी थिए ।

अघिल्लो निर्वाचनमा भने यो क्षेत्रमा एकीकृत समाजवादीले जित हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप