बिहान ११ बजे बोलाइएको कांग्रेसको संसदीय बोर्डको बैठक अझै बसेन
सारांश
- नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो, तर अझै बस्न सकेको छैन।
- प्रवक्ताका अनुसार केही उम्मेदवारले टिकट लिएर गए पनि बोर्डको औपचारिक निर्णय हुन बाँकी छ।
- कांग्रेसले काठमाडौं १ वा ४ बाट सुमना श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न सकेको छैन ।
प्रवक्ता देवराज चालिसेले पार्टीका तर्फबाट केही स्थानमा उम्मेदवारहरू टुङ्गिए पनि संसदीय बोर्डको औपचारिक बैठक बसि नसकेकाले सार्वजनिक नभएको जानकारी दिए ।
'रणनीतिक स्थानहरूमा बाहेक उम्मेदवारहरू तय भइसकेका छन् तर संसदीय बोर्डको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी रहेकाले सार्वजनिक गर्न मिलेको छैन,' प्रवक्ता चालिसेले रातोपाटीसँग भने ।
उनका अनुसार केही उम्मेदवारहरूले टिकट लगेर गए पनि संसदीय बोर्डबाट औपचारिक निर्णय हुन बाँकी नै छ। शीर्ष तहका नेताहरू चुनाव लड्ने र रणनीतिक महत्वका २०/२२ सिट भने मंगलबार बिहानसम्म सन्तुलन मिलाउनका लागि राखिने प्रवक्ता चालिसेले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठ नेपाली कांग्रेसमा आएर निर्वाचन लड्ने हो भन्ने रातोपाटीको प्रश्नमा प्रवक्ता चालिसेले भने संसदीय बोर्डले निर्णय नगर्दासम्म मैले औपचारिक रूपमा भन्न मिल्दैन तर यति बुझ्नुस् कांग्रेसले केही नयाँ गर्छ।
स्रोतका अनुसार श्रेष्ठलाई कांग्रेसले काठमाडौँ १ या ४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ। त्यस्तै कांग्रेसका नेताहरूले जेनजी अभियन्ता रक्षा बमसँग पनि उम्मेदवारीको विषयमा कुराकानी गरिरहेका स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण