एक महिने निःशुल्क परिवार योजना शिविरबाट छ सयभन्दा बढी लाभान्वित
सारांश
- एक महिने शिविरले ६०० भन्दा बढी महिलालाई लाभ पुर्यायो।
- शिविरमा परिवार नियोजन सेवाहरू उपलब्ध थिए, जसमा स्थायी बन्ध्याकरण पनि समावेश थियो।
- यस शिविरमा स्थायी बन्ध्याकरणको लक्ष्य पूरा हुन सकेन।
महोत्तरी । यहाँ सञ्चालन भएको एक महिने निःशुल्क परिवार योजना शिविरबाट छ सयभन्दा बढी लाभान्वित भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयद्वारा गत पुस ४ गतेदेखि यही माघ ३ गतेसम्म जिल्लाका १५ वटै पालिकाको ११ स्थानमा सञ्चालित शिविरबाट छ सय तीन जना महिला लाभान्वित भएका हुन् ।
कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार सन्तानको इच्छा पूरा भएका महिला तथा पुरुष लक्षित गरेर शिविर आयोजना गरिएको थियो । कार्यक्रममा स्थायी बन्ध्याकरण गर्न महिलाका लागि मिनिल्याप र पुरुषका लागि भ्याक्सेटोमी सर्जरी सेवाको व्यवस्था गरिएको थियो । शिविरबाट महिलाले मात्रै मिनिल्याप सेवा लिएको कार्यक्रमका सम्पर्क व्यक्ति सिर्जना यादवले जानकारी दिए ।
शिविरमा दुई जनाले आइयुसिडी, चार जनाले इम्प्लान्ट र पाँच जनाले गर्भपतनको सेवा लिएको छन् । शिविरबाट जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आठ सय ७४ जनालाई स्थायी बन्ध्याकरण गर्ने लक्ष्य लिइए पनि छ सय तीन जनाले मात्रै सेवा लिएका यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण