बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपराजित यात्रा कायमै राख्दै बेंग्लुरु प्लेअफमा

मङ्गलबार, ०६ माघ २०८२, १० : ०१
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले गुजरात जायन्ट्सलाई ६१ रनले पराजित गर्दै महिला प्रिमियर लिगको प्लेअफमा स्थान सुरक्षित गर्यो।
  • बेंगलोरले पहिले ब्याटिङ गर्दै १७८ रन बनायो, जसमा गौतमी नायकले ७३ रनको अर्धशतक बनाइन्।
  • गुजरातले जवाफमा ११७ रन मात्र बनाउन सक्यो, जसमा कप्तान एश्ले गार्डनरले ५३ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।

काठमाडौँ । महिला प्रिमियर लिग (डब्लूपीएल) को चौथो सिजनमा रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) ले आफ्नो अपराजित यात्रा कायमै राख्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार वडोदरामा भएको खेलमा गुजरात जायन्ट्सलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै बेंग्लुरुले लगातार पाँचौँ जित दर्ता गरेको हो ।

कोटाम्बी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लुरुले खराब सुरुवातका बाबजुद निर्धारित २० ओभरमा १७८ रनको बलियो योगफल खडा गर्‍यो । पावरप्लेमै दुई विकेट गुमाएको अवस्थामा कप्तान स्मृति मन्धाना र गौतमी नायकले पारि सम्हालेका थिए ।

मन्धाना २६ रनमा आउट भए पनि गौतमीले उत्कृष्ट ब्याटिङ गर्दै ७३ रनको अर्धशतकीय योगदान दिइन् । उनलाई ऋचा घोषले २७ रन बनाएर साथ दिइन् भने अन्त्यमा राधा यादव र श्रेयांका पाटिलले महत्त्वपूर्ण रन थपे । गुजरातका लागि कप्तान एश्ले गार्डनर र काशवी गौतमले समान २–२ विकेट लिए ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात झनै निराशाजनक रह्यो । मात्र ५ रन जोड्दा ३ विकेट गुमाएको गुजरातले सुरुदेखि नै दबाबमा खेल्यो । कप्तान एश्ले गार्डनरले एक्लै लड्दै ५३ रनको अर्धशतकीय पारि खेले पनि टोलीलाई जिताउन सकिनन् । 

गुजरातले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । बेंग्लुरुको जितमा सयाली साटघरेले घातक बलिङ गर्दै २१ रन खर्चेर ३ विकेट लिइन् । नदीन डी क्लर्कले २ विकेट हात पारिन् ।

यो जितसँगै सन् २०२४ को च्याम्पियन बेंग्लुरु जारी सिजनमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । लिगमा अहिलेसम्म अन्य कुनै पनि टोलीले ३ खेल जित्न सकेका छैनन् । 

मुम्बई इन्डियन्स, युपी वारियर्स र गुजरात जायन्ट्सको समान २–२ जित छ भने नेट रनरेटका आधारमा मुम्बई दोस्रो र युपी तेस्रो स्थानमा छन् । दिल्ली क्यापिटल्स भने एक जितसहित तालिकाको पुछारमा छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप