अक्षय कुमारको स्कर्टिङ गाडी दुर्घटना
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको स्कर्टिङ गाडी मुम्बईमा दुर्घटनामा परेको छ । अक्षय श्रीमती ट्वीङ्कल खन्नासँग एयरपोर्टबाट जुहूस्थित घरतर्फ जाँदै गर्दा उनीहरूको सुरक्षाका लागि खटिएको गाडी दुर्घटना भएको हो । अक्षय र ट्वीङ्कल अलग कारमा सवार थिए ।
भारतीय मिडियाका अनुसार तीव्र गतिमा दौडिरहेको एउटा मर्सिडिज कारले एउटा अटो रिक्सालाई ठक्कर दिएको थियो । अटो चिप्लिँदै अक्षय कुमारको सेक्युरिटी गाडीमा गएर ठोक्कियो । दुर्घटना जुहूको सिल्वर बिच क्याफे नजिक भएको हो ।
दुर्घटनामा अटो रिक्सामा निकै क्षति पुगेको छ भने अक्षयको सुरक्षा गाडीमा सामान्य क्षति भएको छ । अटो चालक र यात्रुलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको छ । यस दुर्घटनामा कसैको गम्भीर चोटपटक नलागेको वा मृत्यु नभएको बताइएको छ । घटनास्थलमा पुगेर प्रहरीले छानबिन सुरु गरेको छ ।
अक्षयकुमार प्रियदर्शन निर्देशित आगामी फिल्म ‘हैवान’मा देखिँदैछन् । यो फिल्ममा उनीसँगै सैफ अली खान र सैयामी खेरको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण