टिकट लिएर चितवन हिँडेका विक्रम पाण्डे किन भए असन्तुष्ट ?
काठमाडौँ । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे पार्टीबाट टिकट लिएर चितवन पुगिसकेका छन् । तर, चितवन पुगेसँगै उनले आफूले चितवन–३ बाट उम्मेदवारी नदिने भन्दै कार्यकर्तामार्फत सन्देश प्रवाह गरिरहेका छन् ।
राप्रपा चितवनका युवा नेता सुलभ सिग्देलले टिकट पाए पनि उम्मेदवारी दिने नदिने निश्चित भइनसकेको बताए । उनका अनुसार अहिले पार्टीकै महानगर कमिटी अध्यक्ष दीपक थापा मगरलाई अघि सार्ने कि भन्नेमा पाण्डे छलफलमा छन् ।
स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमात्रै हेरेको र अन्य नेताहरूको हकमा पनि कुनै चासो नदेखाएपछि उनी असन्तुष्ट बनेका हुन् । ‘मैले मात्रै जित्नुपर्छ अरूले जेसुकै गरुन् भन्नेजस्तो सोच अध्यक्षमा देखियो’, एक नेताले पाण्डेको भनाइ उद्धृत गर्दै भने, ‘आफूचाहिँ एमालेसँग तालमेल पनि पर्ने अरूको हकमा चाहिँ केही नगर्ने भन्ने हुन्छ ?’
लिङ्देनमा आफूबाहेक अरू कोही पनि नेताले जित्न हुँदैन भन्नेजस्तो प्रवृत्ति हाबी भएको पाण्डेले निकटस्थसँग बताएका छन् ।
राप्रपाका महामन्त्री भुवन पाठकले सोमबार नै पाण्डेको टिकट जारी भइसकेको बताए । उनले अहिलेसम्म चितवन–३ मा नयाँ टिकट जारी नगरिएको बताए ।
चितवन–३ मा नेकपाबाट रेनु दाहाल र रास्वपाबाट सोबिता गौतम उम्मेदवार छन् । सो क्षेत्रबाट यसअघि भने पाण्डेले नै जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण