हर्क साम्पाङले सुनसरी–१ मा गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १३ : ४८
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन्।
- राईले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
- २०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए।
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
राईले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।
आफ्नै नेतृत्वमा दल दर्ता गरेका उनी हाल नगर प्रमुख पदबाट राजीनामा दिइ संघीय संसद्तिरको यात्रामा लम्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण