नागढुंगाबाट साढे २४ लाख बराबरको भन्सार छलीका मोबाइल बरामद
सारांश
- नागढुंगा नाकाबाट प्रहरीले भन्सार छलीका मोबाइल बरामद गरेको छ, जसको मूल्य २४ लाख ५० हजार रुपैयाँ रहेको छ।
- रुपन्देहीबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बिलबिजक नभएका ५० थान मोबाइल फेला परेको हो।
- बरामद गरिएका मोबाइलहरूमा वान प्लसको ३९ थान, आइक्यूको ४ थान, नथिङको ५ थान लगायत अन्य कम्पनीका मोबाइल छन्।
काठमाडौँ– काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका मोबाइल बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले २४ लाख ५० हजार रुपैयाँ बराबरका ५० थान मोबाइल बरामद गरेको हो।
रुपन्देहीको छपियाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ७०१५ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाको टोलीले रोकेर चेकजाँच गरेको थियो। मंगलबार बिहान पौने ८ बजे चेकजाँच गर्ने क्रममा बसको सामान राख्ने डिक्कीमा लुकाई छिपाई ल्याएको अवस्थामा बिल विजक नभएका मोबाइल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले जानकारी दिए।
प्रहरीले बरामद गरेका मोबाइलहरूमा सबैभन्दा धेरै वान प्लस कम्पनीका ३९ थान रहेका छन्। यस्तै आइक्यू कम्पनीका ४ थान, नथिङ कम्पनीका ५ थान, भिभो र जी कम्पनीका एक–एक थान मोबाइल फेला परेको छ। प्रहरीले बरामद गरेका ती मोबाइल आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण