उम्मेदवारी दर्ता गराएपछि वर्षमानले भने- २४ भदौको विध्वंसमा विदेशी शक्तिको घुसपैठ थियो
सारांश
- नेकपा नेता वर्षमान पुनले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा औंल्याए।
- उनले निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन र भूराजनीतिक द्वन्द्व टार्न आग्रह गरे।
- पुनले देशको स्वाधीनता चुनौतीपूर्ण अवस्थामा रहेको र अग्रजले जोगाएको देश जोगाउनुपर्ने बताए।
रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलङ्का र बंगलादेशछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको बताए ।
आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास उनको थियो । पुनले २३ भदौमा भएको नवयुवाको आन्दोलन जायज भए पनि २४ भदौको विध्वंसमा देशी विदेशी शक्तिको घुसपैठ भएको टिप्पणी गरे । राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा रहेको भन्दै उनले अग्रजले जोगाएर ल्याएको देश भावी पुस्तालाई सग्लै हस्तान्तरण गर्न सकिन्छ या सकिँदैन भन्ने चुनौती खडा भएको बताए ।
उनले स्वच्छ र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धामा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण