गोरखा–२ मा एमालेबाट ‘चक्रे मिलन’ले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ५९
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
उनको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा प्रेम गुरुङ रहेका छन् भने समर्थकमा बाबुराम थापा छन् । उम्मेदवारी दर्ता गर्न उनी दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गोरखा २ लाई निर्वाचनका समयमा निकै चासोका साथ हेरिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण