जनयुद्धको आधार भूमिमा प्रचण्ड र सहिद पुत्र आमनेसामने
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्दिप पुनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का छोरा सन्दिप पुनको उम्मेदवारीसँगै रुकुम पूर्वको निर्वाचन राजनीतिक रूपमा थप संवेदनशील र चासोपूर्ण बनेको छ।
यही निर्वाचन क्षेत्रबाट माओवादी जनयुद्धका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उम्मेदवार बनेपछि रुकुम पूर्वको चुनावलाई राष्ट्रिय चासोको विषयका रूपमा हेरिन थालिएको छ।
सन्दिप पुन राजनीतिक रूपमा विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन्। उनले तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
साथै, उनी सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षका रूपमा सहिद परिवार र पीडित समुदायको अधिकारका लागि सक्रिय रहँदै आएका छन्।
हाल सन्दिप पुन जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् भने पार्टीको विद्यार्थी कमाण्डको नेतृत्वसमेत उनकै जिम्मेवारीमा रहेको छ।
सहिदको विरासत, वैचारिक प्रतिबद्धता र युवा नेतृत्वको प्रतिनिधित्व गर्ने सन्दिप पुनको उम्मेदवारीले रुकुम पूर्वको चुनावी प्रतिस्पर्धालाई नयाँ राजनीतिक बहस र विकल्पतर्फ उन्मुख गराएको विश्लेषकहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण