देश अप्ठ्यारोमा छ, कांग्रेसलाई मत दिनुस् : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले निर्वाचनको मनोनयन दर्ता प्रक्रियाले लोकतन्त्रप्रतिको साझा प्रतिबद्धताको पुनः पुष्टि भएको बताएका छन् ।
देशभर निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । पाण्डेले वक्तव्य जारी गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउनका लागि आगामी निर्वाचन नेपालको राजनीतिक यात्रामा महत्त्वपूर्ण मोड भएको बताए ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल बनाउँदै लोकतन्त्रलाई बलियो बनाउनु सबैको साझा दायित्व भएको उनको भनाई छ ।
मुख्यमन्त्री पाण्डेले विगतका घटनाहरूको समीक्षा गर्दै आक्रोश र निराशाको छोडेर आशा र समाधानको राजनीतितर्फ अघि बढ्नुपर्ने बताए ।
‘यो निर्वाचन केवल उम्मेदवारको नाम दर्ता गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रप्रतिको हाम्रो साझा प्रतिबद्धताको पुनः पुष्टि हो,’ उनले भने, ‘विगतका घटनालाई समीक्षा गर्दै अब आक्रोश र निराशा मात्र होइन, आशा र समाधानको राजनीतितर्फ अघि बढ्नुपर्ने समय आएको छ ।’
पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरता, अविश्वास र आन्दोलनका नाममा भएका भौतिक तथा सामाजिक क्षतिले सबैलाई गम्भीर भएर सोच्नुपर्ने उनको भनाई छ । पाण्डेले नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आन्तरिक मनमुटाव बिर्सेर एकताबद्ध हुन सुझाएका छन् ।
‘आफ्ना बिचका मनमुटावलाई बिर्सेर आवेग होइन विवेकपूर्ण निर्णय, विभाजन होइन एकता र सहकार्य, अस्थिरता होइन स्थायित्वका लागि सबै एकताबद्ध रहनुपर्छ,’ अघि भने, ‘देशले भोगेको राजनीतिक अस्थिरता र अविश्वासको वातावरण चिर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।’
उनले अहिलेको जटिल परिस्थितिबाट देशलाई निकास दिनका लागि नेपाली कांग्रेसलाई मत दिन अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण