रुसको ठूलो आक्रमण, युक्रेनको विद्युत् आपूर्ति प्रभावित
सारांश
- रसियाले युक्रेनको ऊर्जा प्रणालीमा आक्रमण गर्दा राजधानी किएभसहितका शहरहरूमा जनजीवन अस्तव्यस्त बनेको छ।
- आक्रमणबाट हजारौं भवनमा ताप आपूर्ति अवरुद्ध भएको छ, तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ।
- युक्रेनले अमेरिकाको मध्यस्थतामा शान्ति वार्तालाई अघि बढाउन पहल गरिरहेको छ।
मस्को । रूसले युक्रेनको विद्युत् तथा ऊर्जा प्रणालीलाई लक्षित गर्दै पुनः भिषण हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्लो एकै रातमा रूसले ३०० भन्दा बढी घातक ड्रोन, ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो। यो आक्रमणले युक्रेनको राजधानी किएभसहितका प्रमुख सहरहरूमा जनजीवन अस्तव्यस्त बनाएको छ।
राजधानी किएभका मेयर भिताली क्लिच्कोले दिएको जानकारी अनुसार यस आक्रमणबाट ५ हजार ६ सय भन्दा बढी अपार्टमेन्ट भवनहरूमा ताप (Heater) आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। किएभमा हाल तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ, जुन पछिल्ला वर्षहरूकै सबैभन्दा चिसो जाडो हो। जनवरी ९ मा भएको अघिल्लो ठूलो आक्रमणपछि मुस्किलले ८० प्रतिशत भवनमा ताप आपूर्ति पुनः सुरु गरिएकै बेला रूसले फेरि ऊर्जा पूर्वाधारलाई निशाना बनाएको हो।
युक्रेनी अधिकारीहरूले रूसले 'हिउँदलाई हतियार' बनाएर नागरिकहरूलाई अत्यावश्यक ताप र पानीबाट वञ्चित गराउन खोजेको आरोप लगाएका छन्। युक्रेनी वायुसेनाले धेरैजसो ड्रोन र क्षेप्यास्त्र खसालेको दाबी गरे पनि केहीले भने सिधै विद्युत् प्रसारण केन्द्रहरूमा क्षति पुर्याएका छन्।
यस्तो विषम परिस्थितिका बीच युक्रेन अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति वार्तालाई अघि बढाउन सक्रिय देखिएको छ। एक उच्चस्तरीय युक्रेनी वार्ता टोली हाल अमेरिकामा रहेको र त्यहाँ रूसी आक्रमणले कूटनीतिक प्रयासमा पारेको प्रभावबारे छलफल भइरहेको छ। यता संयुक्त राष्ट्रसङ्घले मानवीय संकट बढ्दै गएको भन्दै ऊर्जा पूर्वाधारमाथिका आक्रमण तत्काल रोक्न रूसलाई कडा आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण