गुल्मी–२ मा रास्वपाबाट पूर्व डीएसपी गोविन्द पन्थीको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, २३ : ५१
सारांश
- गुल्मी २ मा रास्वपाबाट गोविन्द पन्थीले उम्मेदवारी दर्ता गराएका छन्।
- पन्थीले एमालेका गोकर्ण विष्ट, कांग्रेसका भुवन श्रेष्ठ र नेकपाका श्रीराम महतसँग प्रतिस्पर्धा गर्नेछन्।
- पन्थीले भ्रष्टाचार र असुलीतन्त्र विरुद्ध लड्नका लागि उम्मेदवारी दिएको बताए।
काठमाडौँ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थीले मनोनयन दर्ता गराएका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पन्थीले उम्मेदवारी दर्ता गराएका हुन् । उनी नेपाल प्रहरीका पूर्व डीएसपी हुन् ।
गुल्मी–२ मा पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट, कांग्रेसका भुवन श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतसँग प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा पन्थी भिजिट भिसा मार्फत हुने असुली र मानव तस्करीबारे अनुसन्धान गरेर चर्चा कमाएका थिए । भ्रष्टाचार र असुलीतन्त्र विरुद्धको लडाइँ थप मजबुत बनाउन आफूले गुल्मीबाट उम्मेदवारी दिएको पन्थीले रातोपाटीलाई बताए । उनले भने, ‘मेरो लडाइँ भ्रष्टाचार र असुलीतन्त्र विरुद्ध हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण