कैलाली–४ मा रास्वपाबाट दुई जनाको मनोनयन: पार्टीको पत्रपछि खेमराज कोइराला आधिकारिक उम्मेदवार
सारांश
- कैलाली निर्वाचन क्षेत्र नं. ४ मा रास्वपाबाट उम्मेदवार चयनमा अन्योलता आएको थियो।
- दुई जनाले उम्मेदवारी दर्ता गरेपछि पार्टीको आधिकारिक पत्रका आधारमा खेमराज कोइरालालाई उम्मेदवार बनाइयो।
- निर्वाचन अधिकृतको कार्यालयले हरि प्रसाद रेग्मीको उम्मेदवारी रद्द गर्दै कोइरालाको सदर गरेको जनाएको छ।
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फको उम्मेदवारी दर्ता प्रक्रियामा केही समय अन्योल देखिएको थियो । एउटै दलबाट दुई जनाले उम्मेदवारी दर्ता गराएपछि पार्टीको आधिकारिक पत्रका आधारमा अन्ततः उम्मेदवार टुंगो लगाइएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार बिहान रास्वपाबाट हरि प्रसाद रेग्मीले पहिलो पटक मनोनयन दर्ता गराएका थिए । दिउँसो सोही पार्टीका खेमराज कोइराला पनि उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेपछि एउटै दलबाट दुई जनाको मनोनयन परेको अवस्था सिर्जना भएको थियो ।
यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अधिकृतको कार्यालयलाई आधिकारिक पत्र पठाउँदै खेमराज कोइरालालाई पार्टीको आधिकारिक उम्मेदवार तोकिएको जानकारी गराएको थियो । सो पत्र प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले हरि प्रसाद रेग्मीको उम्मेदवारी रद्द गरी खेमराज कोइरालाको उम्मेदवारी सदर गरेको जनाएको छ ।
पार्टीको आधिकारिक निर्णय र आवश्यक प्रक्रिया पूरा भएपछि कैलाली–४ मा रास्वपाको उम्मेदवारीसम्बन्धी अन्योल समाप्त भएको निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण