सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी
सारांश
- सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
- क्षेत्र नं १ मा ३२, क्षेत्र नं २ मा २९, क्षेत्र नं ३ मा ४१ र क्षेत्र नं ४ मा ३७ जनाको उम्मेदवारी परेको छ।
सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र स्वतन्त्र ७४ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार, निर्वाचन क्षेत्र नं १ मा १८ स्वतन्त्रसहित ३२, क्षेत्र नं २ मा १५ स्वतन्त्रसहित २९, क्षेत्र नं ३ मा १८ स्वतन्त्रसहित ४१ तथा क्षेत्र नं ४ मा २३ स्वतन्त्रसहित ३७ जनाले उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नं १ मा बब्लु गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट, नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र यादवलगायतले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं ३ मा नेकपा (एमाले) बाट लिलानाथ श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साहलगायतले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेपाली कम्युनिस्ट पार्टीबाट अजयशङ्कर नायक, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट धर्मनाथ साह, बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानलगायतले उम्मेदवारी गर्दा गराएका छन् जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण