बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम
पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा ‘पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्सालबीच मङ्गलबार पोखरामा कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको हो । चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने रु एक करोड लागत अनुमान गरिएका कार्यक्रमका लागि प्रदेश सरकारले रु ७५ लाख र गाउँपालिकाले रु २५ लाख लगानी गर्ने छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी सुन्तलाखेती हुने बाँसखर्कमा सिँचाइ समस्याको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले प्रदेश सरकारसँग प्रस्ताव गरेको कार्यक्रम छनोट भएपछि कार्यान्वयनका लागि सम्झौता गरिएको हो । बाँसखर्क भएर मल्लाजमा पानी लैजाने सिँचाइ योजनाको नहरभन्दा माथिको बगैँचामा पम्पिङ र तलमाथि दुवैतिर हरेक चार सयदेखि पाँच सय बोटका लागि १० हजार लिटर क्षमताको ट्याङ्की बनाएर स्थायी किसिमले सिँचाइको व्यवस्था मिलाउने योजना छ ।
समुद्र सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ मध्ये दुई सय परिवारले सुन्तलाखेती गरेका छन् । बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको वडाध्यक्ष जगबहादुर रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
-
योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण