सिञ्जो आवेको हत्यारालाई आजीवन कारावासको सजाय
बुधबार, ०७ माघ २०८२, ११ : ०९
सारांश
- जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवेको हत्यारालाई अदालतले आजीवन कारावासको सजाय सुनायो।
- सन् २०२२ मा चुनावी अभियानका क्रममा ४५ वर्षीय तेत्सुया यामागामीले आवेलाई गोली हानेका थिए।
- अभियोजनकर्ताहरूले यामागामीलाई आजीवन कारावासको माग गरेका थिए, किनकि यसले समाजमा गम्भीर प्रभाव पार्यो।
टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवेको हत्यारालाई अदालतले आजीवन कारावासको सजाय तोकेको छ । ४५ वर्षीय तेत्सुया यामागामीले सन् २०२२ मा एउटा चुनावी अभियानका क्रममा आवेमाथि गोली हानेका थिए ।
गोली प्रहार भएको केही घण्टामा आवेको निधन भएको थियो । दोस्रो विश्वयुद्ध पछिको इतिहासमा यस्तो हत्या कहिल्यै नभएको भन्दै अभियोजनकर्ताहरूले यामागामीलाई आजीवन कारावासको सजायको माग गरेका थिए ।
यसले समाजमा अति नै गम्भीर प्रभाव पार्ने उनीहरूको भनाइ थियो । यामागामीको वकिलले भने उनलाई अधिकतम् २० वर्षको मात्रै सजाय दिनुपर्ने तर्क गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण