डिपफेक भिडियो बनाउन आफ्नो अनुहार प्रयोग भइरहेको सुधा मूर्तिको आरोप
नयाँ दिल्ली । आफ्नो अनुहार र आवाजलाई नक्कली भिडियोमा प्रयोग गरिएको भन्दै भारतकी राज्यसभाकी सांसद तथा प्राविधिक कम्पनी इन्फोसिस फाउन्डेसनकी पूर्व अध्यक्ष सुधा मूर्तिले आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई जोडेर फैलाइएका डिपफेक भिडियोबारे सचेत गराएकी हुन्।
इन्स्टाग्राममा पोस्ट गर्दै मूर्तिले लेखेकी छन्, “म तपाईंहरूलाई अनलाइनमा फैलिरहेका नक्कली भिडियोबारे सचेत गराउन चाहन्छु, जसले गलत रूपमा मेरो छवि र आवाज प्रयोग गरी वित्तीय योजना र लगानीको प्रवर्द्धन गरिरहेका छन्।”
यी सामग्रीहरू आफ्नो जानकारी वा सहमति बिना सिर्जना गरिएका डिपफेक भिडियो भएको उनको भनाइ छ। उनले यस्ता भ्रामक भिडियोका आधारमा कुनै पनि वित्तीय निर्णय नगर्न आग्रह गरेकी छन्। “कृपया जानकारीहरू आधिकारिक च्यानलमार्फत मात्र प्रमाणित गर्नुहोस् र यस्ता कुनै सामग्री देखेमा सम्बन्धित निकायमा उजुरी गर्नुहोस्,” उनले चेतावनी दिँदै पोस्टमा उल्लेख गरेकी छन्।
सुधा मूर्ति भारतकी प्रसिद्ध लेखिका तथा सामाजिक अभियन्ता हुन्। उनका पति सफ्टवेयर उद्योगपति एनआर नारायण मूर्ति हुन्। उनी बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनककी सासु समेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण