झापाका कार्यकर्ता र मतदातासँग भेटघाटमा ओली
झापा । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक गृहनगर दमक पुगेका अध्यक्ष ओलीले मंगलबार मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका थिए ।
बुधबार पनि अध्यक्ष ओली बिहानैदेखि अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त छन् ।
स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।
झापा–५ सँगै सीमा जोडिएको इलाम–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुगेका थिए ।
मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेका ओलीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ओली पर्सिसम्म दमकमा रहने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण