इजाजत प्राप्त हातहतियार बुझाउन धनुषा प्रशासनको निर्देशन
बुधबार, ०७ माघ २०८२, २१ : ४८
सारांश
- धनुषा जिल्ला प्रशासनले निर्वाचनलाई मध्यनजर गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ।
- प्रशासनले माघ २० गतेभित्र हातहतियार बुझाउन र निर्वाचनपछि फिर्ता लैजान सूचना जारी गरेको छ।
- तोकिएको समयमा हातहतियार नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, सुरक्षित र विश्वसनीय बनाउन स्थानीय प्रशासनले सो निर्देशन जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा रहेका सबै इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय धनुषा वा नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरेको छ । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित धनीले फिर्ता पाउने समेत सूचनामा उल्लेख छ ।
तोकिएको समय सीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण