अमेरिकी गोलार्द्ध हामी सबैको हो
सारांश
- अमेरिकाले भेनेजुएलामा बमबारी गर्नुका साथै राष्ट्रपतिलाई पक्राउ गरेको घटनाले अन्तर्राष्ट्रिय कानुनको क्षयीकरणलाई संकेत गर्दछ।
- लेखमा, राष्ट्रहरूले संयुक्त राष्ट्रसंघको अधिकार क्षेत्रमा आक्रमण बढाउँदा विश्व शान्तिमा खलल पुग्ने कुरा उल्लेख छ।
- लेखले सार्वभौमिकताको सम्मान, बल प्रयोगको निषेध, र भेनेजुएलाको भविष्य त्यहाँका जनताको हातमा हुनुपर्ने कुरामा जोड दिन्छ।
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको सीमाभित्र बमबारी गर्यो। त्यति मात्रै नभएर गत जनवरी ३ तारिखमा त्यहाँका राष्ट्रपतिलाई नै पक्रेर लग्यो। यो घटना दोस्रो विश्वयुद्धपश्चात् स्थापित बहुपक्षीयतामा आधारित व्यवस्था तथा अन्तर्राष्ट्रिय कानुनको निरन्तर क्षयीकरणको कथा शृङ्खलामा अर्को खेदजनक अध्याय बन्न पुगेको छ।
पछिल्लो समय प्रमुख विश्व शक्ति राष्ट्रहरूले संयुक्त राष्ट्रसंघ तथा यसको सुरक्षा परिषद्को अधिकार क्षेत्रमाथिको आक्रमण थप सघन बनाउँदै गएका छन्। यसरी अन्तर्राष्ट्रिय राजनीतिमा विवाद समाधानका लागि बल प्रयोग अपवाद मात्रै नरहेर सामान्य अभ्यास बन्न थालेपछि विश्व शान्ति, सुरक्षा तथा स्थायित्वमा खलल पुग्न थाल्छ।
कुनै नेतालाई पनि जनताका पीडामा टेकेर तानाशाह हुने अधिकार छैन। तर त्यससँगै अर्को विषय पनि महत्त्वपूर्ण छ– कुनै पनि राज्यलाई आफैँ न्यायाधीश पल्टिएर अर्को राज्यमा पस्ने अधिकार हुँदैन।
यदि नियमहरू आफूखुसी मात्रै मान्ने वा नमान्ने हो भने जताततै भद्रगोल हुन थाल्छ। यसले केवल कुनै एउटा राज्य मात्रै कमजोर हुँदैन बरु सिङ्गै अन्तर्राष्ट्रिय प्रणाली नै जोखिममा पर्छ। सामूहिक रूपमा साझा सहमतिमा तय भएका नियमहरू बेगर स्वतन्त्र, समावेशी र लोकतान्त्रिक समाज निर्माण गर्न सम्भव हुँदैन।
आफूखुसी गरिएको त्यस्तो एकतर्फी गतिविधिले संसारभर स्थायित्वमा खतरा पैदा गर्छ। व्यापार तथा लगानीमा अवरोध गराउँछ।
प्रत्येक मुलुकका राज्य तथा राष्ट्रप्रमुखहरूलाई लोकतन्त्र एवं आधारभूत अधिकारमाथि खेलवाड गरेकोमा पक्कै पनि जिम्मेवार ठहर्याउन सकिन्छ। कुनै नेतालाई पनि जनताका पीडामा टेकेर तानाशाह हुने अधिकार छैन। तर त्यससँगै अर्को विषय पनि महत्त्वपूर्ण छ– कुनै पनि राज्यलाई आफैँ न्यायाधीश पल्टिएर अर्को राज्यमा पस्ने अधिकार हुँदैन।
आफूखुसी गरिएको त्यस्तो एकतर्फी गतिविधिले संसारभर स्थायित्वमा खतरा पैदा गर्छ। व्यापार तथा लगानीमा अवरोध गराउँछ। विस्थापित र शरणार्थीहरूको संख्या बढाउँछ। सङ्गठित अपराध एवं अन्तर्राष्ट्रिय स्तरका चुनौती समाधान गर्ने राज्यको क्षमतामा ह्रास ल्याउँछ।
ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा अहिले त्यस्तै खाले अभ्यासहरू एकपछि अर्को गर्दै देखिइरहनु हाम्रा लागि ज्यादै चिन्ताको विषय बनेको छ। ती अभ्यासहरूले यस क्षेत्रमा राष्ट्रहरूको सार्वभौम समानतामार्फत शान्ति कायम गर्ने प्रयासलाई बिथोल्दै हिंसा र अस्थिरता निम्त्याएका छन्।
हामी कुनै प्रभुत्वशाली शक्तिको दास बनेर बस्न चाहँदैनौँ। समृद्ध, शान्त तथा बहुल क्षेत्र निर्माण गर्ने अवधारणा मात्रै हाम्रा लागि उपयुक्त हुन्छ।
बल प्रयोगको निषेध तथा जनताको आत्मनिर्णयको अधिकारको अभ्यासमा दखल पुगेको छ। अमेरिकी गोलार्द्धमा गत २ सय वर्षभन्दा लामो स्वतन्त्रताको इतिहासमा पहिलो पटक अमेरिकाले कुनै दक्षिण अमेरिकी मुलुकमा प्रत्यक्ष सैन्य हमला गरेको छ। यसअघि अमेरिकी सेनाले यस क्षेत्रमा हस्तक्षेप गरेका घटनाहरू हुँदै नभएका भने होइनन्।
हामी ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा करिब ६६ करोड मानिस बस्छौँ। हाम्रा आफ्नै राष्ट्रिय स्वार्थ तथा सपनाहरू छन्, जसलाई हामीले जोगाउनु छ। बहुध्रुवीय विश्वमा कुनै मुलुकले अन्तर्राष्ट्रिय सम्बन्धमा वैश्विकता खोज्यो भनेर प्रश्न उठाउन मिल्दैन।
हामी कुनै प्रभुत्वशाली शक्तिको दास बनेर बस्न चाहँदैनौँ। समृद्ध, शान्त तथा बहुल क्षेत्र निर्माण गर्ने अवधारणा मात्रै हाम्रा लागि उपयुक्त हुन्छ।
हाम्रा देशहरूले व्यावहारिक रूपमा राम्रो परिणाम हासिल गर्नका लागि आपसी वैचारिक मतभिन्नताहरूलाई रचनात्मक रूपमा व्यवस्थापन गर्न सक्ने खालको सकारात्मक क्षेत्रीय एजेन्डा निर्माणको प्रयत्न गर्नुपर्छ। हामीलाई भौतिक तथा डिजिटल पूर्वाधारमा लगानी आकर्षित गर्न, गुणस्तरीय रोजगारी प्रवर्द्धन गर्न, आय बढाउन तथा यस क्षेत्रभित्र एवं बाहिरका अन्य राष्ट्रहरूसँग व्यापार विस्तारको खाँचो छ।
भोकमरी, गरिबी, लागूपदार्थ तस्करी तथा जलवायु परिवर्तन जस्ता समस्यासँग लड्नका लागि हामीलाई चाहिने स्रोतसाधनहरू परिचालन गर्नका लागि पनि हामीबीच आपसी सहयोग अपरिहार्य छ। बल प्रयोगले कहिल्यै त्यस्ता लक्ष्यहरू हासिल नहुने कुरा इतिहासले हामीलाई राम्रोसँग देखाएको छ।
भेनेजुएला लगायत सबै मुलुकको भविष्य त्यहाँका जनताकै हातमा रहनुपर्छ।
विश्वलाई प्रभाव क्षेत्रहरूमा गरिने विभाजन तथा रणनैतिक स्रोतसाधनमा नवऔपनिवेशिक हस्तक्षेप गर्ने प्रवृत्ति पुराना, बेकार तथा विनाशकारी सिद्ध भइसकेका छन्।
प्रमुख शक्ति राष्ट्रका नेताहरूले बुझ्नै पर्छ– स्थायी आक्रामकतासहितको विश्व कहिल्यै पनि दिगो हुँदैन। ती शक्तिहरू जति बलिया भए पनि उनीहरू केवल त्रास र जबर्जस्तीमा मात्रै भर परेर सधैँ टिक्न सक्दैनन्।
तसर्थ भेनेजुएला लगायत सबै मुलुकको भविष्य त्यहाँका जनताकै हातमा रहनुपर्छ। भेनेजुएलाका जनताको अगुवाइमा चल्ने समावेशी राजनीतिक प्रक्रियाले मात्रै लोकतान्त्रिक एवं दिगो भविष्यतर्फ लैजान्छ। धेरैजसो ब्राजिलमा अस्थायी रूपमा आश्रय लिएका लाखौँ भेनेजुएलाका नागरिकहरू सुरक्षित रूपमा आफ्नो घर फर्कन पाउनुपर्छ।
ब्राजिलले भेनेजुएलाको सरकार र जनतासँग मिलेर हाम्रो १३ सय माइलभन्दा लामो सिमानाको सुरक्षा गर्न तथा आपसी सहयोगलाई थप गहन बनाउन काम गरिरहनेछ।
यही भावनाका साथ मेरो सरकार संयुक्त राज्य अमेरिकासँग रचनात्मक संवादमा छ। हामी अमेरिकी महादेशका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका लोकतन्त्र हौँ। लगानी, व्यापार र सङ्गठित अपराधविरुद्ध लड्न ठोस योजनाहरूमा हाम्रा प्रयास केन्द्रित गरेर एकताबद्ध हुँदै अगाडि बढ्ने बाटो सही छ भन्नेमा हामी विश्वस्त छौँ।
हामी सबैको स्वामित्वमा रहेको गोलार्द्धलाई असर गर्ने सबै खाले चुनौती पार लगाउन आपसमा मिलेर मात्रै सक्षम हुन सक्छौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण