बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर

तस्बिरमा हेर्नुहोस् नेपाल र नेदरल्यान्डस्‌बिचको प्रतिस्पर्धा

बिहीबार, ०८ माघ २०८२, ११ : ०१
बिहीबार, ०८ माघ २०८२

सारांश

  • नेदरल्यान्ड्सले महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
  • नेदरल्यान्ड्सका ब्याटर बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन्, भने नेपालका लागि रुविना क्षेत्रीले २ विकेट लिइन्।
  • नेपाल पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो, र आजको खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ।

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।  त्रिवि  क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो । 

icc-women-T-20 (1)

नेदरल्यान्ड्सका लागि बाबेट डे लीडेले सर्वाधिक ४९ रनको योगदान गरिन् । ४७ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् ।  त्यस्तै, स्टेरे कलिसले ३० रन बनाउँदा रोबिन रिगेले १९ रन र हेदर सिजर्सले १३ रन जोडिन ।  नेपालका लागि रुविना क्षेत्रीले दुई विकेट लिँदा सुमन विष्ट, पूजा महत्त्व र रिया शर्माले एक–एक विकेट लिइन् । 

icc-women-T-20 (2)

आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स अघिल्लो चरण प्रवेशमा आफूलाई प्रवेश गराउने योजनामा हुनेछ । तेस्रो खेल खेल्दै गर्दा नेदरल्यान्ड्सले दुई खेलमा जित निकाली सकेको छ ।  यता, नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

icc-women-T-20 (3)icc-women-T-20 (4)icc-women-T-20 (5)icc-women-T-20 (6)icc-women-T-20 (7)icc-women-T-20 (8)icc-women-T-20 (9)icc-women-T-20 (10)icc-women-T-20 (11)icc-women-T-20 (12)icc-women-T-20 (13)icc-women-T-20 (14)icc-women-T-20 (15)icc-women-T-20 (16)icc-women-T-20 (17)icc-women-T-20 (18)icc-women-T-20 (19)icc-women-T-20 (20)icc-women-T-20 (21)icc-women-T-20 (22)

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप