नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा
सारांश
- नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएर सुपर सिक्समा प्रवेश गर्यो।
- नेपालले १४१ रनको लक्ष्य पछ्याउँदै १३८ रन मात्र बनाउन सक्यो, रुविना क्षेत्रीले सर्वाधिक रन बनाइन्।
- नेदरल्यान्ड्सका लागि इसाबेल भ्यान डेर वोनिङले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्।
काठमाडौँ । नेदरल्यान्ड्स आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा नेपाललाई २ रनले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सम्पूर्ण ७ विकेट गुमाउँदै १३८ रन बनायो ।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन । त्यस्तै सीता रना मगरले २७ रनको योगदान गरिन् । नेपालका लागि विन्दु रावलले १८ रन बनाउँदा कविता जोशीले १३ रनको योगदान गरिन् ।
नेदरल्यान्ड्सका लागि इसाबेल भ्यान डेर वोनिङले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै सिल्भर सिजर्स, रोबिन रिजके र क्यारोलिन डे लैङ्गले एक एक विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि बाबेट डे लीडेले सर्वाधिक ४९ रनको योगदान गरिन् । ४७ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् ।
त्यस्तै स्टेरे कलिसले ३० रन बनाउँदा रोबिन रिगेले १९ रन र हेदर सिजर्सले १३ रन जोडिन ।
नेपालका लागि रुविना क्षेत्रीले दुई विकेट लिँदा सुमन विष्ट, पूजा महत्त्व र रिया शर्माले एक–एक विकेट लिइन् ।
आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले प्रतियोतिगामा लगातार तेस्रो जित निकाल्दै ६ अंक जोडेर सुपर सिक्समा स्थान बनाएको हो ।
यता नेपालको भने यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026