शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

कर्णालीमा मतदाता संख्या १० लाख ३७ हजार

९४१ मतदान स्थल र १४ सयभन्दा बढी मतदान केन्द्र निर्धारण
बिहीबार, ०८ माघ २०८२, १५ : ३०
बिहीबार, ०८ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

सुर्खेत । कर्णालीमा १० लाखभन्दा बढी मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ ।

यसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता रहेका छन् । यस्तै, अन्यतर्फ मतदाता संख्या ३ रहेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

जिल्लागत मतदाता संख्यालाई हेर्दा, प्रदेश राजधानी रहेको सुर्खेत जिल्लामा सबैभन्दा धेरै मतदाता सूचीकृत भएका छन् भने डोल्पा सबैभन्दा कम मतदाता भएको जिल्ला बनेको छ ।

kar

सुर्खेत जिल्लामा २ लाख ४८ हजार ९३८ मतदाता रहेका छन् । यो जिल्लामा महिला मतदाताको संख्या पुरुषभन्दा बढी रहेको छ, जहाँ १ लाख २७ हजार ५४ महिला र १ लाख २१ हजार ८८९ पुरुष मतदाता छन् ।

दैलेखमा कुल मतदाता संख्या १ लाख ६१ हजार २०४ रहेको छ । यहाँ महिला मतदाता संख्या ८० हजार १०५ र पुरुष ८१ हजार ९९ जना छन् ।

सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता छन्, जसमध्ये पुरुष ८३ हजार ३२१ र महिला ७९ हजार १२८ रहेका छन् ।

डोल्पामा सबैभन्दा कम २४ हजार ११५ मतदाता छन् । यहाँ पुरुष ११ हजार १२८ र महिला १२ हजार १८७ रहेका छन् ।

मुगुमा कुल ३६ हजार ३१ मतदातामध्ये पुरुष १८ हजार ५९८ र महिला १७ हजार ४३३ कायम भएका छन् ।

यस्तै, जुम्लामा ७१ हजार ७३९ मतदाता छन्, जसमध्ये पुरुष ३७ हजार ४५९ र महिला ३४ हजार २८० मतदाता छन् ।

कालिकोटमा ८५ हजार ४४६ मतदाता रहेका छन् भने पुरुष ४४ हजार ६०३ र महिला ४० हजार ४३ छन् ।

कुल ३४ हजार ३७२ मतदाता रहेको हुम्लामा पुरुष १८ हजार २१ र महिला मतदाता १६ हजार ३५१ रहेका छन् ।

यस्तै जाजरकोटमा १ लाख ७ हजार ९१ मतदाता छन्, जसमध्ये पुरुष ५६ हजार ७०५ र महिला ५० हजार ३८४ रहेका छन् । यस जिल्लामा अन्य २ जना मतदाता रहेका छन् । रुकुमपश्चिममा १ लाख ६ हजार ६६० मतदाता रहेका छन् । जसमध्ये पुरुष ५४ हजार २६३ र महिला मतदाता ५२ हजार ३९६ रहेका छन् ।

यो प्रदेशमा ०७९ को निर्वाचनसम्म १० लाख ६ हजार ८३४ जना मतदाता रहेका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पुनः मतदाता भर्ना अभियानबाट २६ हजारभन्दा बढी मतदाता थपिएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङ बताउँछन् । योसँगै प्रदेशमा कुल मतदाताको संख्या १० लाख ३७ हजार २५० कायम भएको हो ।

  • ९४१ मतदान स्थल र १४ सयभन्दा बढी मतदान केन्द्र निर्धारण

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कर्णालीमा ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जसमध्ये सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएको छ ।

डोल्पा जिल्लामा बराबर ६८/६८ मतदान स्थल र केन्द्रहरू तोकिएका छन् भने मुगुमा ६७ मतदान स्थल र ६९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जुम्लामा ८३ मतदान स्थल र १०८ मतदान केन्द्र, कालिकोटमा १०३ मतदान स्थल र १२७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

हुम्ला जिल्लाका लागि ६० मतदान स्थल र ६४ मतदान केन्द्र, जाजरकोटमा ८८ मतदान स्थल र १४६ मतदान केन्द्र तथा दैलेखमा १३९ मतदान स्थल र २०८ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै सुर्खेतमा सबैभन्दा बढी मतदान केन्द्र तोकिएको छ । यहाँ १४० मतदान स्थल र ३०२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

रुकुमपश्चिममा ७६ मतदान स्थल र १४० मतदान केन्द्र तोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप