टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
टीकापुर । कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेश शुल्कबापत लिइने टिकट बिक्रीबाट गत पुस ३० गते रु एक लाख २४ हजार, माघ १ गते रु पाँच लाख ५४ हजार, माघ २ गते रु ११ लाख ३३ हजार, माघ ३ गते रु नौ लाख ८० हजार, ४ गते रु पाँच लाख ५१ हजार, माघ ५ गते रु छ लाख ५० र माघ ६ र ७ गते बाँकी रकम सङ्कलन भएको समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ टीकापुरका सदस्य उपेन्द्र बटालाले जानकारी दिए ।
‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव यही माघ ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सर्वसाधारणले रु एक सयमा टिकट लिन सक्नेछन् भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् । महोत्सवमा रमाइलो मेला, फोटो प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारु कला र संस्कृति झल्कने ‘थारु गाउँ’ बनाइएको समितिका संयोजक बटालाले बताए । उनका अनुसार यहाँ निःशुल्क आँखा उपचार, प्राथमिक उपचारलगायत सेवा उपलब्ध छन् ।
महोत्सवभित्र दुई सय व्यापारिक स्टल (कक्ष) राखिएका छन् । वाणिज्य सङ्घको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण