वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन सक्दैन : महामन्त्री घिमिरे
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको महाधिवेशन नहुने बताए ।
- उनले फागुन २१ गतेको निर्वाचन र त्यसपछिका राजनीतिक गतिविधिले महाधिवेशन प्रभावित हुने जनाए ।
- घिमिरेले संसदीय दलले गगन थापालाई नेता चुन्ने र भावी प्रधानमन्त्री बनाउने दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताएका हुन् ।
२०८३ पौष मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उनले बताए । उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै दूरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे ।
त्यस्तै, घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चुन्ने र भावी प्रधानमन्त्री बन्ने दाबी गरे । महामन्त्री घिमिरेले राष्ट्रियसभा निर्वाचनका लागि पहिले नै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए ।
उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने, तर निर्वाचनपछिको परिणामका आधार गठबन्धन हुनसक्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण