निर्वाचनअघि राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग
सारांश
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचन अगावै खाल्डाखुल्डी पुर्न माग गरेको छ।
- महासङ्घका अनुसार, निर्वाचनमा सवारीको चाप बढ्ने भएकाले आवागमन सहज बनाउनु पर्नेछ।
- नारायणगढ-बुटवल र नौबिसे-मुग्लिन लगायतका सडकमा खाल्डाखुल्डीले व्यवसायीलाई असहज भएको छ।
काठमाडौँ । देशभरका यातायात व्ययवासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचन अगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताए ।
महासङ्घले नारायणगढ–बुटवल सडक खण्ड, नौबिसे–मुग्लिन सडक खण्ड, बिपी राजमार्गलगायत देशभरिका सडक हालसम्म पनि सडक साँघुरो र खाल्डाखुल्डी भएकाले देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आम व्यवसायीलाई असहज भएको जनाएको छ ।
निर्वाचनका समयमा आमयात्रु तथा मतदातालाई गन्तव्य स्थानसम्म पुग्न अत्यधिक समय लाग्ने गरेकाले सार्वजनिक सवारीसाधन सहज रुपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन महासङ्घले अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण