बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुन्दरीडाँडामा कृषि जैविक विविधता मेला

बिहीबार, ०८ माघ २०८२, २३ : ००
बिहीबार, ०८ माघ २०८२

सारांश

  • सुन्दरीडाँडामा कृषि जैविक विविधता मेलामा ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शनी गरियो ।
  • मेलामा पोखरा महानगरका २३ वडाको सहभागिता थियो र स्थानीय बालीको संरक्षणबारे जानकारी दिइयो ।
  • कृषकहरूले जडिबुटी, धान, र अन्य रैथाने बाली प्रदर्शनीमा राखे, जसले लोपोन्मुख प्रजातिलाई जोगाउन मद्दत गर्यो।

गण्डकी । पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको आयोजना एवं पोखरा महानगरपालिका–३१, वडा स्तरीय कृषि सञ्जाल, लिबर्ड र जैविक स्रोत संरक्षण अभियानको सहकार्यमा जैविक विविधता मेला गरिएको हो । उत्पादक र उपभोक्तासँगै सरोकारवाला निकायको उपस्थितिमा गरिएको मेलामा पोखरा महानगरका २३ वडा सहभागी भएका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय रैथाने प्रजातिका बालीको संरक्षण आवश्यक रहेको बताउँदै उनले त्यसको संरक्षणका लागि सचेतना जगाउनका लागि पनि मेला आयोजना गरिएको जानकारी दिए ।

मेलामा कृषकहरूले यस क्षेत्रमा पाइने १०० भन्दा बढी जटिबुटी, ६५ थरी धान, रैथाने मसला बाली, कोशे बाली आदिका प्रजाति प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा कृषि जैविक विधिताका क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, अनुसन्धाता एवं सरोकारवाला निकायको उपस्थिति थियो । पछिल्ला वर्षमा रैथाने प्रजाति हराउँदै गएका अवस्थामा यस किसिमको कार्यक्रमले तिनीहरूको संरक्षण गर्न मद्दत पुगेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप