आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

महिलाहरूले खानैपर्ने यी पाँच बियाँ र दाना

शुक्रबार, ०९ माघ २०८२, ०६ : ५६
शुक्रबार, ०९ माघ २०८२

काठमाडौँ । उमेर बढ्दै गएसँगै महिलाले अनेकौं समस्या सामना गर्न थाल्छन् । समयसँगै आफ्नो आहारमा केही परिवर्तन गर्नु स्वस्थ शरीरको लागि आवश्यक मानिन्छ । कतिपय महिला हरियो तरकारी र फलफूल समावेश गरिएको स्वस्थ आहार नै यसको लागि पर्याप्त हुन्छ भन्ने ठान्छन्, तर कुरा यस्तो होइन । नियमित रूपमा आफ्नो आहारमा बियाँ वा दानाहरू समावेश गर्दा धेरै रोगहरूबाट बच्न मद्दत मिल्न सक्छ ।  

चम्सुरको बिया
चम्सुरको बिया फोलिक एसिड, फलाम, क्याल्सियम, भिटामिन ए, सी र ईको उत्कृष्ट स्रोत हो । यसमा फाइबर र प्रोटिन राम्रो मात्रामा पाइन्छ । यी बीउहरूको नियमित सेवनले शरीरमा हेमोग्लोबिनको स्तर सुधार गर्ने, कपाल झर्ने क्रम रोक्ने, थकान कम गर्ने आदि फाइदा मिल्छ । डाक्टरका अनुसार हामीले दैनिक आधा चम्चा चम्सुरको बिया खान सक्छौँ ।

अमला
अमलाको दैनिक खुराक भिटामिन सीको ठुलो स्रोत हो । यसले कोलाजेन निर्माण गर्न मद्दत गर्छ र छालालाई बलियो बनाउँछ । अमलाको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ । अमलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले कब्जियत, ग्यास र अपचजस्ता समस्याहरूबाट राहत दिन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ ।

आलसको दाना
आलसको दानामा ओमेगा–३ फ्याटी एसिड र लिग्निन प्रशस्त मात्रामा पाइन्छ । यसले पीएमएस, मुड स्विङ, बढ्दो बिबिरा र हार्माेनल असंतुलनलाई शान्त पार्न मद्दत गर्छ । अमलालाई धुलोको रूपमा सेवन गर्नु अत्यन्तै लाभदायक मानिन्छ । यी दानामा पाइने प्रशस्त फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराइराख्छ अनि तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

तिल
तिलको दानामा क्याल्सियम, म्याग्नेसियम र जिंक हुन्छ, जसले हड्डीलाई स्वस्थ बनाउँछ, पेट बाउँडिने र अनिद्राको समस्यालाई पनि कम गर्छ ।

फर्सीको बिया
यी बियाहरूमा फलाम, जिंक, म्याग्नेसियम र स्वस्थ बोसो प्रशस्त मात्रामा हुन्छ । योे छालालाई राम्रो बनाउन, हर्माेनलाई सन्तुलनमा राख्न अनि थाइराइड र मुड स्विङका लागि पनि उत्कृष्ट मानिन्छ ।  

(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि तयार पारिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप