रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो : हर्क साम्पाङ
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनमा बनेको आरोप लगाए।
- उनले पुराना दलबाट देशको निकास सम्भव नभएको र नयाँ दलहरूसँग तुलना गर्नुपर्ने बताए।
- साम्पाङले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई प्रश्न गर्दा जवाफ नपाएको बताए।
सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी भएको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा उनले पुराना दलबाट अब देशको निकास सम्भव नभएको बताए । ‘त्यसो हुँदा उनीहरूलाई भोट नदिनुहोस्,’ उनले भने । साथै उनले नयाँ दलहरूमाथि पनि प्रश्न उठाए । नयाँ दल र आफ्नो श्रम संस्कृति पार्टीबिच तुलना गर्नुपर्ने बताए ।
‘रास्वपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन, रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो,’ उनले आरोप लगाए । साम्पाङले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाफ नदिएको पनि बताए ।
‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्रै देश सम्हाल्ने ताकत देखाएको उनले बताए । साथै उनले देशमा इमानदार नेतृत्वको खाँचो रहेको पनि बताए । देश बनाउने स्पष्ट भिजन श्रम संस्कृति पार्टीसँग मात्र रहेको र अन्य कुनै नेतासँग त्यो भिजन नभएको ठोकुवा उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गाबाट ५ टन काठको कोइलासहित दुई जना पक्राउ
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण