नागढुङ्गाबाट ५ टन काठको कोइलासहित दुई जना पक्राउ
सोमबार, ११ साउन २०८३, १५ : ४९
सारांश
- प्रहरीले काठमाडौँको नागढुङ्गाबाट अन्दाजी २ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको ५ टन अवैध काठको कोइलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
- स्याङ्जाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ८५३४ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा अवैध कोइला फेला परेको थियो।
- पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले ५ टन अवैध काठको कोइलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार स्याङ्जाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ८५३४ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चेकजाँच गरेको थियो। सो क्रममा अन्दाजी २ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको अवैध काठको कोइला फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पाल्पाको रम्भा गाउँपालिका–१ बस्ने ६३ वर्षीय कृष्णप्रसाद पाठक र दोलखाको जिरी नगरपालिका–३ बस्ने महेश नेपालीलाई नियन्त्रणमा लिएको छ।
कोइलासहित ट्रक र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण